कैलालीको बौनियाँमा आगलागी, नियन्त्रणको प्रयास जारी

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ बौनियाँ बजारको एक विद्युतीय सामान रहेको गोदाममा आगलागी भएको छ।

स्थानीय प्रकाश नाथको विद्य‌ुतीय सामान रहेको गोदाममा आगो लागेको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिए।

शुक्रबार दिउँसो २ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। झण्डै १० वटा सटरमा पंखा, फ्रिज, कुलर लगायतका विद्युतिय सामान रहेको गोदाममा एक्कासी आगो लागेको खबरपछि ईलाका प्रहरी सुख्खड, लम्की लगायतबाट ठुलो संख्यामा पुगेको प्रहरीसहित स्थानीय आगो निभाउन खटिरहेको प्रहरी निरिक्षक बिष्टले जानकारी दिए।

आगो धेरै फैलिसकेकाले अझै नियन्त्रण गर्न एक डेढ घण्टा लाग्ने बिष्टले जानकारी दिए। दमकलसहित ठुलो संख्यामा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

आगो नियन्त्रणमा आई नसकेकाले कसरी आगो लाग्यो र के कति क्षति भयो भन्ने अहिले भन्न नसकिने प्रहरी निरिक्षक बिष्टले बताए।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्