‘ख’ वर्गको ओम डेभलपमेन्ट बैंक ‘क’ वर्गको एनएमबी बैंकमा ‘मर्ज हुने’

काठमाडौं-राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको ओम डेभलपमेन्ट बैंक ‘क’ वर्गको एनएमबी बैंकमा ‘मर्ज हुने’ भएको छ। बिहीबार दुई बैंकबीच मर्ज हुने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा एनएमबी बैंकको तर्फबाट सञ्चालक प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंककोतर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका थिए।

क वर्गको एनएमबी बैंकले ११० वटा शाखा र चार वटा एक्स्टेन्सन काउन्टर सञ्‍चालन गरिरहेको छ भने ओम डेभलपमेन्ट बैंकले ५३ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेका छ। मर्जरपछि अब १६३ वटा शाखा र ५ वटा एक्सटेन्सन काउन्टर हुनेछन्।

त्यसैगरी १२० वटा एटिएमको सञ्जाल हुनेछ। मर्जरपछि बैंकको कुल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। मर्जरपछि पनि बैंकको नाम एनएमबी बैंक नै रहनेछ।बैंकले दुईपटक बैंक अफ द इयरको उपाधि प्राप्त गरिसकेको छ।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्