कैलालीको बौनियाँमा दुई घण्टापछि आगो नियन्त्रणमा, १ करोडको क्षति

धनगढी-कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्वर १ बौनिया बजारमा रहेको विद्य‌ुतीय गोदाममा आगलागी हुँदा १ करोड ३० लाख बराबरको क्षती भएको छ।

स्थानीय रवि कुँवरको दुई तले घरमा रहेको प्रकाश नाथको इलेक्ट्रोनिक सामान राखिएको गोदाममा विद्युत सर्ट भएर आगलागी हुँदा झण्डै एक रोड ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले पसलमा रहेका फ्रिज, पंखा लगायतका सामानहरु जलेर नष्ट भएका बताए।आगो झण्डै दुई घण्टामा नियन्त्रणमा लिइएको थियो।

लम्कीचुहना नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले स्थानीय वासिन्दा र सुरक्षा नियकायले आगो नियन्त्रण गरेका हुन्।

शुक्रबार दिउँसो २ बजे तिर लागेको आगो ४ बजे मात्र नियन्त्रणमा आएको हो।

झण्डै १० वटा सटर रहेको पंखा, फ्रिज, कुलर लगायतका विद्य‌ुतीय सामान रहेको गोदाममा आगो लागेको हो।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्