‘विप्लव’का नेता ढकाल रिहालगत्तै फेरि पक्राउ

चिरञ्जीवी ढकाल,तस्बिर बर्षा शाह/देश सञ्चार

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका पोलिटब्यूरो सदस्य चिरञ्जीवी ढकाल अदालतबाट रिहा भए लगत्तै फेरि पक्राउ परेका छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंबाट रिहा भए लगत्तै उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको छ।

यसअघि उनलाई काठमाडौँको अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्दै गर्दा पक्राउ गरिएको थियो।

जेष्ठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्