मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकार आन्दोलित

मोरङ– संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङ जिल्लाका पत्रकारहरु आन्दोलित भएका छन्।

शुक्रबार प्रदेश एकको राजधानी विराटनगरसँगै उर्लाबारी लगायतका स्थानमा मोरङ शाखामा आवद्ध पत्रकारहरुले धर्ना दिएका छन्।

विज्ञापन

यस क्रममा पत्रकारहरुले सञ्चार सामग्री डायरी, कलम, ल्यापटम, क्यामरा सडकमा राखेर धर्ना दिएका हुन्। संसदमा दर्ता भएको विधेयकले स्वतन्त्र पत्रकारिता, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्ने गरी व्यवस्था ल्याउन खोजेकोले पत्रकारहरु आन्दोलित भएका हुन्।

यसक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले सरकारले ल्याउन लागेको मिडिया विधेयकमा भएका ऐन अविलम्ब हटाउनुपर्नेमा जोड दिएका थिए।

जेष्ठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू