युभेन्टसका प्रशिक्षक एलेग्रीले क्लब छोड्ने भए

इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक म्याक्सिमिलिएनो एलेग्रीले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् । सिरी ए फुटबल च्याम्पियन युभेन्टसका प्रशिक्षक एलेग्री सन् २०१४ देखि जिम्मेवारीमा छन् ।

उनले पाँच वर्षको अवधिमा रहेक वर्ष लिग उपाधि जिते । गएको वर्ष क्रिष्टियानो रोनाल्डोलाई अनुबन्धित गरेको युभेन्टस यो सिजन च्याम्पियन्स लिग र कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

लिग विजेता बनेको युभेन्टसले यो सिजन लिगका दुई खेल खेल्न बाँकी छ । गएको हप्ता एलेग्रीले आफूले क्लब छोड्न सक्ने भन्दै आइरहेका हल्लाहरुको मजा लिइरहेको बताएका थिए । युभेन्टस पछिल्लो ८ वर्षदेखि लगातार लिग च्याम्पियन छ ।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्