अमेरिका र क्यानडाबिच महत्वपूर्ण सहमति, स्टिल तथा आल्मुनियममाथिको कर हट्ने

क्यानडाबाट आयात हुने स्टिल तथा आल्मुनियममा लगाउँदै आएको अतिरिक्त कर हटाउन अमेरिका सहमत भएको छ ।

दुई देशबिचको वार्तामा क्यानडाले अमेरिकामा निर्यात गर्ने स्टिल तथा आल्मुनियममा लाग्दै आएको अतिरिक्त कर हटाउने विषयमा सहमति जुटेको हो ।

संयुक्त वक्तव्यमा स्टिलमा लाग्दै आएको २५ प्रतिशत तथा आल्मुनियममा लाग्दै आएको १० प्रतिशत कर ४८ घण्टा भित्र हटाउने सहमति भएको उल्लेख गरिएको छ । अमेरिका र मेक्सिकोले पनि यस्तै घोषणा चाँडै नै गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकीले गएको वर्ष राष्ट्रिय सुरक्षाका लागि भन्दै कर लगाएको थियो । क्यानडा, अमेरिका र मेक्सिकोबिच महत्वपूर्ण व्यापारिक सम्बन्ध छ । तर अमेरिकाले कर लगाएपछि सम्बन्धमा खटपट आएको थियो ।

क्यानडा र मेक्सिकोमा उत्पादन हुने स्टिल तथा आल्मुनियमको मुख्य बजार अमेरिका हो । तर यी तीन देशबिच कति मात्रामा स्टिल तथा आल्मुनियमको व्यापार हुने गरेको छ भन्ने खुलाइएको छैन ।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्