तत्कालका लागि टर्‍यो पोलिटव्युरोको घोषणा, ओलीलाई अल्पमतको डर

नेकपा सचिवालय बैठक/फाइल तस्बिर।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पोलिटव्युरोमा रहने नेताहरुको टुंगो तत्काल नलाग्ने भएको छ ।

पोलिटव्युरोमा रहने नेताको नाम तय गरेर त्यसको घोषणा गर्ने बेला नेताहरुबिच पुनः विवाद भएपछि घोषणा पर धकेलिएको हो, अर्थात पोलिटव्युरोमा परेका सदस्यहरुको नामावली सार्वजनिक हुन नसकेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच पोलिटव्युरोमा पर्ने सदस्यबारे भागबण्डामा कुरा मिलेको छैन । दुवै नेताले आफ्नो पक्षका धेरै पार्न खोजेका छन् ।

यस्तै नेता देवेन्द्र पौडेलले पनि पोलिटव्युरोमा आफ्नो पक्षका नेतालाई पनि समेटिनु पर्ने भन्दै भाग खोज्दा थप समस्या भएको छ ।

भागबण्डामा विवाद भइरहँदा अध्यक्ष केपी ओलीमा आफू पार्टी भित्र अल्पमतमा पर्ने भय बढ्दै गएको र त्यसलाई टार्नका लागि पोलिटव्युरो घोषणा सकेसम्म पछि धकेल्ने मनसायमा उनी रहेको स्रोतको दाबी छ ।

नेकपाले पार्टी एकता भएको वर्ष दिन पुगेको अवसरमा शुक्रबार जनवर्गीय संगठनसँगै पोलिटव्युरो सदस्यको नामावली पनि सार्वजनिक गर्ने भनेको थियो । तर आन्तरिक विवाद र भागबण्डामा नमिलेको कुराका कारण तत्कालका लागि घोषणा टरेको हो ।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्