अशान्त मान्छे, शान्ति खोज्‍न उडेको,आफै हरायो !

रानी पोखरी
रानी-चौर हुँदैछ
भेँडा चराऊ।

जित्नेहरु हो !
हराउने जनता
पालो नमिच्नू !

विज्ञापन

धातुको मान्छे
म्युजियममा टक्क
समृद्धि वर्षा !

उल्टो कि सुल्टो ?
गोरु ब्याएर के भो !
दुध दिन्छ र ?

जाली फुटाल्न
झीर तताउनेको
जाली पो फुट्यो ।

अशान्त मान्छे
शान्ति खोज्न उडेको
आफै हरायो ।

रुखका ‘मान्छे’
बन्चरो चलाउदै
घर बनाए।

तिनै मान्छेले
हाँगाबिँगा लाछेर
‘चरा’ उडाए ।

उडेका चरा
चारा खोजी फर्किए
‘मान्छे’ले खाए ।

घामका मान्छे
सपना सुकाएर
अन्तै हानिए ।

सपनाको त
‘ब्बाँसो’सँग मितेरी
जङ्गल यात्रा ।

कन्याउँदै छ
राम्ररी होश गर्नू
‘आन्द्रा’ झिक्दैछ ।

जेष्ठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्