फोटो फिचर

यस्तो छ लुम्बिनीमा बुद्ध जयन्तीको रमझम

लुम्बिनी– २५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि कार्यक्रममा व्यस्त भएका छन् ।

बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ लुम्बिनीग्राममा वृक्षारोपणको शुभारम्भ गरे । लुम्बिनीमा यो वर्ष २ हजार ६ सय ४३ वटा बिरुवा रोपिनेछ ।

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा विरुवा रोप्ने कार्यक्रम तय भएको हो ।

वृक्षारोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति  र्‍यालीमा सहभागी भएका थिए ।

शान्तिदीपमा प्रधानमन्त्री ओलीले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षुभिक्षुणीहरुलाई संघ दान गरेका छन् । उनले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा गरे ।

विहारमा प्रधानमन्त्रीले १ सय ५० जना भिक्षुभिक्षुणीहरुलाई चिवर दान, अष्ठपरिस्कार दान, भोजन दान गरे ।

बुद्धपूर्णिमाको मूल समारोहको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना बिद्यार्थीहरुलाई ५–५ हजारका दरले मायादेवी छात्रवृत्ति वितरण गरिने छ ।

जेष्ठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्