त्रिशूलीमा बस खस्दा पाँचजनाको मृत्यु, २९ जना घाइते

फाइल तस्बिर

धादिङ – धादिङको आदमघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आइतबार बिहान त्रिशूली नदीमा खस्दा अरु २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौँको चन्द्रागिरीकी ३५ वर्षीया सीता थपलिया, ईलामको कन्यामका २० वर्षे विशाल गिरी, काठमाडौँको थानकोटका ५१ वर्षे राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अरु दुईजनाको सनाखत भएको छैन ।

गजुरी नगरपालिका–६ आदमघाटबाट बस बिहान त्रिशूली नदीमा खसेको हो । बसको केही भाग नदीमा डुबेको छ । घाइतेको उद्धार गरि उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।

जेठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्