लियो क्लब अफ काठमाडौँ निर्वानाको तेश्रो वार्षिक साधारणसभा

काठमाडौँ – लियो क्लब अफ काठमाडौँ निर्वानाले आफ्नो तेश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार भएको साधारणसभाले प्रतीक लम्साललाई क्लबको चौथो अधक्ष्यको रुपमा निर्वाचित गरेको हो ।

क्लबको लियो वर्ष २०१८–१९ का अध्यक्ष मन्दिरा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अभिभावक लायन भोजराज न्यौपाने, लायन्स क्लब अफ काठमाडौँ निर्वानाका अध्यक्ष लायन कुलराज थापा, लियो जिल्ला परिषद ३२५ बि २ नेपालका सचिव तथा नवनिर्वाचित उपाध्यक्ष कुबेर पाठक, लायन्स क्लब अफ काठमाडौँ निर्वानाका नवनिर्वाचित अधक्ष्य लायन रुपा न्यौपाने, लियो संजयकुमार महतो, लियो राजन राज खनालले आ–आफ्नो धारण राखेका थिए ।

साधारणसभाले लियो सम्झना प्याकुरेल, लियो सज्जु थापा, लियो स्मृति घिमिरेलाई क्रमशः प्रथम, द्वितीय र त्तृतीय उपाधक्ष्यमा निर्वाचित गरेको छ । क्लबको सचिवमा लियो मनिषा प्याकुरेल तथा कोषाधक्ष्यमा लियो विकल्प राज पौडेल नियुक्त भए ।

जेठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्