प्रशासन परिसरमा धरधरी रोए मोरङका पत्रकार

प्रशासन परिसरमा धरधरी रोए मोरङका पत्रकार

विराटनगर – संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरुले रोएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु धरधरी रोएका थिए।

समाचार लेखेको भरमा नयाँ विधेयकले १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने अवधारणा अघि सारेसँगै पत्रकारहरु आन्दोलित हुदै आएका छन्। विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताए।

त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वलमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने बताए। उनले भने, ‘पत्रकारले समाचार लेख्न गोजीमा मोटो रकमको चेक लिएर हिँड्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरे।

कार्यक्रममा प्रेस युनियन प्रदेश एकका संयोजक लिलाबल्लभ घिमिरेले विधेयकका कारण पत्रकारहरु त्रसित भएको उल्लेख गरे।

पत्रकारहरुले काम गर्दा समेत संस्थाहरुबा नियमित तलब नपाइरहेको अवस्थामा यस विधेयकले पत्रकारमाथि थप चुनौति थपेको बताए।

सांकेतिक विरोधका क्रममा करिब ४५ मिनेट पत्रकारहरु रोएका थिए।

जेष्ठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू