त्रिवि परीक्षा प्रकरण

आयोगका पदाधिकारी बर्खास्त गर्नुपर्ने विद्यार्थीकोे माग (भिडियो रिपोर्ट)

आयोगका पदाधिकारी बर्खास्त गर्नुपर्ने विद्यार्थीकोे माग (भिडियो रिपोर्ट)

काठमाडौँ —त्रिवि सेवा आयोगका पदाधिकारी परीक्षा प्रकरणमा दोषी रहेको भन्दै उनीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने मागलाई त्यहाँका विद्यार्थीले निरन्तरता दिएका छन्।

त्रिभुवन विश्वविद्यालयले वैशाख २४ गते उपप्रसाशनदेखि सवारी सञ्चालकसम्मको विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा आयोगका पदाधिकारीले आफु अनकुल सार्वजनिक गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। पदाधिकारीले नातेदारलाई प्राथमिकता दिँदा जेहेन्दारलाई मर्का पारेको आरोप विद्यार्थीले लगाएका छन्।

आयोगको परीक्षाबारे अख्यितयार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका बेला अखिल क्रान्तीकारीका विद्यार्थीले सेवा आयोग परीसरमा पुगेर आइतबार नाराबाजी मात्रै लगाएनन्, तत्काल पदाधिकारीहरुले राजिनामा दिनु पर्ने, नदिए उनीहरुलाई सरकारले पदबाट वर्खास्त गर्नु पर्ने माग गरे।

अखिल क्रान्तीकारीका केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेलले आयोगको गलत कार्यविरुद्ध उत्रिदा आफुहरुलाई क्याम्पसमै बन्धक बनाउने कोशिस गरेको बताए ।

यस्तै निकै आक्रमक देखिएका आन्दोलनकर्ता संघर्ष दाहालले आयोगको परीक्षा नामावली खारेज गर्नुपर्ने बताएका थिए।  परीक्षामा खासगरी त्रिवि सेवा आयोगका अध्यक्ष, चैतन्य शर्माले भतिजी पार्वती सापकोटालाई अधिकृत पदमा लिखित परीक्षामा उत्र्तीण गराएको आरोप छ ।

यस्तै त्रिवि सेवा आयोगका प्रशासकीय प्रमुख परशुराम कोइरालाई पनि नातेदारलाई लिखित परीक्षा उत्तीर्ण गराएको आरोप छ । परीक्षाको नतिजा आफु अनकुल बनाएको आरोप केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्यमाथि पनि   छ ।
उनीहरुले आफ्ना नातेदार सहभागि भएको परीक्षामा संलग्न भएर गलत कार्य गरेको आरोप लागेको छ। विद्याथीले शैक्षिक क्षेत्रमा दलाली प्रवृति बढेको र त्यसको असर सबैभन्दा बढी त्रिविमा परेको बताएका छन्।

आन्दोलनरत अखिल क्रान्तीकारी केन्द्रीय सदस्य शोभा विश्वकर्माले पदाधिकारीले सेवा आयोगलाई भर्ति केन्द्र बनाएको आरोप लगाइन् ।
तर आयोगका पदाधिकारी भने उत्त परीक्षालाई विवादित बनाउनुमा कुनै तुक नभएको बताउँछन्। आयोगका अध्यक्ष चैतन्य शर्माले परीक्षा निष्पक्ष भएपनि अनावश्यक विवादमा फसाउन खोजेको बताए ।

शर्माले परीक्षाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको भन्दै अव त्यसबाट आएको निर्णयलाई स्वीकार गर्ने बताए ।

परीक्षा विवादमा परेपछि आयोगले प्राविधिक कारण भन्दै शाखा अधिकृत पदको अन्तरवार्ता अर्को सूचना प्रकाशित नगरेसम्मका लागि स्थगित गरेको छ।

तर अख्तियारले आयोगको कागज नियन्त्रणमा लिएपछि छानविन पूर्ण नभइन्जेल नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको छ। आफुहरुले पूर्वयोजना अनुसार अव काम अघि बढाउने तर नतिजा प्रकाशन गर्न पाउने शर्माको भनाई छ ।

भिडियो हेर्नुहोस्:

 

 

जेष्ठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्