प्रदेश -१ मा सर्पदंशको त्रास, दैनिक ५ देखि ८ जनासम्म सर्पको टोकाइका विरामी

सर्पको टोकाईबाट काेशी अञ्चल अस्पतालमा उपचारका लागि पुगेका बिरामी। तस्बिर: देश सञ्चार।

मोरङ– गर्मीयाम बढेसँगै तराई क्षेत्रमा सर्पको टोकाइको जोखिम बढ्दै गएको छ।

सोही क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सर्पको टोकाईबाट उपचारका लागि पुग्‍ने विरामीको संख्या दिनानुदिन बढ्दै गएको छ।

विज्ञापन

अस्पतालस्थित आपतकालिन सेवाका जनस्वास्थ्य अधिकृत रघुनन्दन अधिकारीका अनुसार पछिल्लो समय दैनिक ५ देखि ८ जनासम्म सर्पको टोकाइका विरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। जसमा बालबालिका र बृद्धको संख्या बढि रहेको छ।

हाल सर्पदंशको उपचारका लागि आवश्यक औषधी एन्टी स्नेक भेनम भने अस्पतालमा पर्याप्त रहेको अधिकृत अधिकारीले जानकारी दिए। अस्पतालमा अधिकांश ग्रामीण क्षेत्रबाट उपचारका लागि विरामी आउने गरेको बताइएको छ।

गर्मीयाममा जङ्गल, बाक्लो झाडी तथा अध्यारोमा नहिड्न चिकित्सकहरुको सुझाव छ। त्यसैगरि, सर्पका विषयमा जानकार पूर्व प्रहरी प्रेम विष्टले सर्पको विगबिगीबाट जोगिन घरवरिपरि देखिएका प्वाल पुर्ने, सरसफाइ राख्ने, धेरै बाक्लो घाँस काँटछाँट गर्नुपर्नेमा जोड दिए।

पूर्व प्रहरी विष्ट मोरङसँगै प्रदेश–१ का विभिन्न जिल्लामा सर्प पक्रने व्यक्तिका रुपमा परिचित छन्।

जेष्ठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्