नर्सिङ संघको भवन निर्माणमा महानगरले सहयोग गर्ने

विराटनगर – नेपाल नर्सिङ संघ मोरङको नयाँ भवन विराटनगर महानगरपालिकामा निर्माण हुने भएको छ।

विराटनगर ४ मा निर्माण हुने भवनको सोमबार एक कार्यक्रमकाबीच महानगरपालिकाका मेयर भीम पराजुलीले शिलान्यास गर ।

विराटनगर कन्चनवाडीस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपलब्ध गरााएको १० धुर क्षेत्रफलमा ४ कोठाको भवन निर्माण हुने भएको हो।

भवनको शिलान्यासका क्रममा मेयर नर्सिङ पेशा र त्यसका हकअधिकारका विषयमा संस्थाले उपलब्धीमूलक कार्य गर्नुपर्नेमा जोड दिएका थिए।

नर्सिङ पेशामा हुने गरेका श्रमशोषण तथा आर्थिक पाटोलाई समेत संस्थाले सम्बोधन गर्नुपर्ने मेयर पराजुलीले बताए।

त्यसैगरि भवन निर्माणका लागि महानगरपालिकाले सहयोग गर्ने मेयर पराजुलीले प्रतिवद्धता जाहेर गरेका थिए।

कार्यक्रममा यस्तै नर्सिङ संघ केन्द्रिय उपाध्यक्ष तारा शाहले सेवाभावका साथ काम गर्ने नर्सिङ स्टाफ अनेकन उल्झनका साथ काम गरिरहनु परेको गुनासो गरेकी थिइन् ।

भवन निर्माणका लागि नर्सिङ स्टाफ पुनम गिरीले १ लाख १ सय १ रुपैयाँ उपलब्ध गराएकी थिइन्।

जेष्ठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू