गैरी खेतको शिरैमा पुगिन् लोप्साङ छुडेन

काठमाडौं-गायिका लोप्साङ छुडेन शेर्पाको गीती भिडियो सार्वजनिक भएको छ।

बाल गायिकाको छुडेनको गैरी खेतको शिरैमा’ बोलको गीत युट्युबमार्फत आइतबार रिलिज गरियो।

‘इट्स माइ ड्रीम भोल्युम-२’मा उक्त गीत समावेश छ। यसअघि उनको ‘इट्स माइ ड्रीमु २०१६ मा रिलिज भएको थियो।

गीतमा संगीतकर्मी बुद्ध राईले शब्द तथा संगीत दिएका छन्। सबिन लिम्बुले गीतलाई एरेन्ज गरेका हुन्।

लोप्साङको गीत बारे गीतकार बुद्ध राई भन्छन्,’यो उमेरमा जुन आत्मविश्वास र मिहेनत उनमा छ, यसले उनलाई भविष्यमा सफल व्यक्ति बनाउँनेछ। मैले देखेको यिनै गुण सबैले गीतमा देख्‍न सक्नु हुनेछ।’

गीतको भिडियोमा गायिका लोप्साङ स्वयंको अभिनय रहेको छ। भिडियोलाई डिबी राईले निर्देशन गरेका हुन्। विरेन्द्र भट्टले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन्।

जोरपाटीस्थित राइ स्कूलको कक्षा चारमा अध्ययनरत् छुडेन पढाईमा अब्बल छात्रा हुन्।

जेठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्