नेपालमा ड्याट्सन गाडीको प्रिबजेट अफर

काठमाडौं-नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकहरुलाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रिबजेट अफर प्रस्तुत गरेको छ।

नेपाल अधिराज्यभरमा लागू गरिएको प्रि बजेट अफर योजनामा ग्राहकहरुले विभिन्न ८ आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नुहुने छ।

सो प्रि बजेट अफर योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य ८ सुविधाहरु प्राप्तगर्न सक्नुहुने छ।

ती आठ सुविधाहरुमा निःशुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्याङ्कन तथा एक्स्चेन्ज हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा रहेका कम्पनीले जनाएको छ।

रेडिगो, नयाँ गो, गो र गो प्लस गाडीहरुमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि गाडीका विशेषताहरु रहेका छन् ।

जेठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्