डाक्टरसहितको टोली लिएर घटनास्थल जाँदैछौँ : पाँचथरका प्रमुख जिल्ला अधिकारी

काठमाडौँ – दुई परिवारका ९ जनाको ज्यान जाने गरि पाँचथरमा भएको मिक्लाजुङमा भएको हत्याकाण्डको छानबिनका लागि आफूहरु प्रतिबद्ध रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताएका छन् ।

आफू डाक्टरसहितको टोली लिएर घटनास्थल जाने तयारी रहेको प्रमुख जिल्ला अधिकारी वस्तीले देश सञ्चारलाई जानकारी दिएका छन् । अहिले घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको र डिएसपी नरेन्द्र कुँवरसहितको टोली जाँदै गरेको उनले जानकारी दिए ।

उनले देश सञ्चारसँग भने, ‘घटनाको कारण खुलेको छैन । तर परिवार नै सखाप पार्ने गरि भएको हत्याकाण्ड सानोतिनो होइन । यसको कारण पत्ता लगाई दोषीलाई कारवाही गर्न प्रतिबद्ध छौँ ।’

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्