आँकलन गरिए भन्दा तीव्र गतिमा बढ्दै समुद्र सतह

समुद्रको सतह आँकलन गरिए भन्दा तीव्र दरमा बढिरहेको वैज्ञानिकहरुले बताएका छन् । ग्रिनल्याण्ड र अन्टारकटिकामा हिउँ पग्लिने क्रम बढेकाले समुद्रको सहत आँकलन गरिए भन्दा तीव्र गतिमा बढेको हो ।

लामो अनुगमनबाट समुद्रको सतह सन् २१०० सम्ममा एक मिटर भन्दा कमले बढ्ने आँकलन गरिएको छ । तर नयाँ अध्ययनमा समुद्रको सतह वास्तवमा दोब्बरले बढ्ने अनुमान गरिएको छ ।

विज्ञापन

विज्ञको विचार र अध्ययनबाट नयाँ अनुमान गरिएको हो । समुद्रको सतह बढ्दा सयौँ मिलियन मानिस विस्थापित हुने वैज्ञानिकको भनाई छ । समुद्रको सतह बढ्ने कुरा इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) मा सबैभन्दा विवादित विषय हो ।

कार्बन ग्यास उत्सर्जनमा खासै कटौती नहुनु र पृथ्वीको तापक्रम बढ्दै गएकाले समस्या भएको वैज्ञानिकको भनाई छ ।

सन् २०१३ को प्रतिवेदन अनुसार सन् २१०० सम्ममा समुद्रको सतह ५२ सेन्टिमिटरदेखि ९८ सेन्टिमिटरसम्म बढ्ने अनुमान गरिएको थियो । तर वैज्ञानिकहरुले नयाँ अध्ययनमा वास्तविकता यसको दोब्बर हुन सक्ने बताएका हुन् ।

धेरै वैज्ञानिक पुरानो आँकलन वास्तविकता भन्दा पर रहेको बताउने गरेका छन् ।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्