२० औँ चलचित्र पत्रकार संघ पुरस्कार पाँचजनालाई प्रदान गरिँदै

काठमाडौँ – यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७६’ मंगलबार वितरण हुँदैछ। चलचित्र पत्रकार संघ नेपालको २० औँ स्थापना दिवसको अवसरमा पत्रकारीता पुरस्कार प्रदान गर्न लागिएको हो।

यसपटक चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान नरेश भट्टराई र श्याम स्मृतलाई प्रदान गरिने भएको छ ।

चलचित्र पत्रकार संघ नेपालका सदस्य भट्टराई इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत छन्, स्मृत संघका सदस्य र भिजनसंसार डटकमका सम्पादक हुन् ।

त्यस्तै संघका पूर्व कार्यसमिति सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिँदै छ। पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिँदै छ ।

यस्तै संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिँदै छ।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्