घटनाको अनुसन्धानमा जुटिसकेका छौँ: प्रदेश १ प्रहरी

विराटनगर – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटे गाउँमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ ।

प्रदेश १ को राजधानी विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी केदार रिजालले घटनाबारे जानकारी दिँदै प्रहरी अनुसन्धानमा जुटिसकेको बताएका छन् ।

डिआइजी रिजालका अनुसार घटनाको भएको स्थान सदरमुकामबाट करिब ६० किलोमिटरको दूरीमा अवस्थित रहेको छ। दुई परिवारका सदस्यको भएको विभत्स हत्याको अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको उनको भनाई छ ।

घटना भएको स्थलबाट स्थानीय प्रहरी चौकी समेत ६ किलोमिटरको दूरीमा रहेको डिआइजी रिजालले जानकारी दिए । प्रहरी प्रमुख रिजालले घटना राति नै भएको आशंका गरिएको जनाए ।

ससुरा बमबहादुर फियाक र ज्वाईँ धनराज शेर्माको घरमा भएको घटनामा ९ जनाको हत्या भएको हो।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्