फोक्सुण्डोमा एक युवा मृत फेला

सांकेतिक तस्बिर

डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो ।

जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए ।

खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो ।

खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए ।

मृतक यार्सागुम्बा सङ्कलक भएको अनुमान गरिएको छ ।

प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा ९ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्