समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईसँग अन्तर्वार्ता

‘केपी ओली सरकार असफल भइसकेको छ’

‘केपी ओली सरकार असफल भइसकेको छ’

काठमाडौँ – २०६३ वैशाखमा शान्ति प्रक्रिया र निर्वाचनको खुड्किलोबाट संविधानसभा हुँदै केही समयका लागि प्रधानमन्त्री बने पनि डा. बाबुराम भट्टराईको राजनीति विकल्पको खोजीमा एउटा निरन्तर यात्रा जस्तो बन्न पुगेको देखिन्छ।

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग उनले मितेरी लगाएका छन् त्यही क्रममा। यसको गन्तव्य र परिणिति लगायतका विषयलाई लिएर देशसञ्चार संवादमा डा. बाबुराम भट्टराईसँग गरिएको कुराकानीको संक्षिप्त अंश।

नयाँ राजनीति सुरु


अन्य राजनीतिको विकल्पमा लोकतन्त्र र सामावेशीताको जगमा उभिएर र सुशासन तथा समृद्धिसहितको समाजवादी शक्तिका रुपमा यो पार्टीको निर्माण गरेका छौँ। अर्थात यो पार्टीलाई नयाँ वैकल्पिक शक्तिको रुपमा निर्माण गरेको भन्दा स्पष्ट होला।

फरक पार्टीका लागि आधार


हाम्रो पार्टी फरक भन्नलाई हामीसँग प्रशस्त आधार छन्। पूँजीवाद र हिजोको राज्य केन्द्रिकत राज्य, जसले सबैथोक नियन्त्रण गरे त्यस्ता साम्यवाद राज्य विश्वमै ठूलो संकटबाट गुज्रिएर अन्त्यको अवस्थामा छन्।

त्यसमा वैचारिक विकल्प सहित समावेशीता र लोकतन्त्रमा आधारित समाजवाद नै २१ औँ शताव्दीको नयाँ धार हामीले बोकेका छौँ त्यो नयाँ हो। हिमाल, पहाड, तराईमा बस्ने आदीबासी जनजाती, थारु, मधेसी, महिला, दलित, जनजाती, मुस्लिम लगायतको विशेषताले भरिएको देश नेपाल हो। त्यसमा राष्ट्रिय एकता कायम गर्नका लागि यो पार्टी जन्मिएको हो।

हिजोका दिनमा एकात्मक राज्यले धेरै उत्पीडन बनायो। त्यसको प्रतिरोधमा विभिन्न क्षेत्रीयतावादी, जातियतावादी दलहरु आए। तर एकतामा जोड दिएनन्। हिमाल, पहाड, तराईलाई जोड्ने एउटा नयाँ राष्ट्रिय शक्तिकारुपमा हामीले यो पार्टीको निर्माण गरेका छौँ।

अर्थात नेपालको जातिय र भाषिक विविधतालाई जोड्ने शक्ति निर्माण हुँदै छ। नेपालको भूराजनीतिक अवस्था अति संवेदनशील स्थानमा छ। भारत र चीनको बीचमा हामी पहिलेदेखिनै छौँ भने अब अमेरिकाको प्रत्यक्ष चासो बढेर गएको छ। यस्तो बेला पहाड र मधेसबीचको दूरी घटाउन सक्छौँ।

त्यो जोड्न सकेनौ भने बाह्यि खिचातानीमा नेपाल पर्ने छ। स्वाधीनताको रक्षा गर्ने शक्तिको रुपमा यो पार्टीलाई स्वीकार गरेका छौँ। पुराना दलहरु चरम भ्रष्टचारमा डुव्दै गए, हिजोका क्रान्तिकारी शक्तिहरु पनि एक पछि अर्को भ्रष्टाचारमा डुव्दै गएका छन्। यसको अन्त्य गर्दै सुशासन कायम गर्न हाम्रो पार्टी आएको हो।

पाँचौ सबैले खोजेको छिटो भन्दा छिटो समृद्धि हो। गरिबी र बेरोजगारीको दुस्चक्रबाट मुक्ति दिलाउने हाम्रो उद्देश्य छ। देशको राष्ट्रिय एकता गर्ने र त्यसबाट दीगो शान्ति ल्याउने र दीगो शान्तिबाट सुशासन र सुशासनबाट समृद्धि ल्याउने हिसावमा पार्टी निर्माण गरेका छौँ । त्यसरी नै अघि बढ्ने छौँ।

नयाँ शक्ति स्थापित हुन समय लाग्छ


हाल लोकतान्त्रीक प्रक्रियाबाट हामी गुज्रिएका छौँ। तर हाम्रो संस्कार अझै लोकतान्त्रिक बनिसकेको छैन। हामी विभिन्न जाती, धर्म र सम्प्रदायमा विभाजित छौँ । र, त्यस्ता खालका संकिणता पनि हामीसँग छन्।

लोकतन्त्र भनेको सत्य, न्याय र निष्ठालाई पछ्याएर स्वतन्त्र ढंगबाट पछ्याएर निर्णय गर्ने प्रक्रिया हो । त्यो विकास भएको छैन अझै नेपालमा । त्यसैले वैकल्पिक राजनीतिक विकास गर्न हामी आएका हौँ । त्यहाँ कठिनाई हुन सक्छ ।

कांग्रेस र कम्युनिष्ट ब्रान्ड नाम जस्तै भएका छन् । त्यसले गर्दा विचारको आधारमा भन्दा पनि बाबुबाजे कता लाग्नु भएको थियो त्यही टाँसिएर मानिस बसिदिन्छ।

ती पुराना शक्तिलाई विस्थापित गरेर नयाँ शक्ति स्थापित हुन समय लाग्छ तर हामीलाई विवेकशिल प्राणी भएकाले मानिसले सत्य, न्याय र निष्टालाई अंगिकार गर्ने छ भन्ने विश्वास छ । त्यसले समय भने लगाउने छ।

संविधानले सबैको माग पुरा गरेको छैन


संविधान संशोधनको आवश्यकता हामीलाई सुरुदेखि नै भएको हो र त्यसका लागि आवाज उठाउन थालेको पनि पहिल्यै हो। संविधानसभाबाट संविधान बनाउने कुरा सकारात्मक हो तर आधा गिलास भरिएको छ भन्ने गर्थै मैले । यसले सबै जनताका माग संवोधन गर्न सकेको छैन भन्थे ।

नेपालको जातीय, क्षेत्रीय, भाषिक विविधतालाई समेट्ने गरी संघीय प्रदेशहरु बन्नुपर्छ। संघीयताको मान्यता अनरुप बन्नु पर्यो । हाल प्रशासनिक ढाँचामा प्रदेशको मोडल बनेको छ । देशको जातीय, क्षेत्रीय र भाषिक र सांस्कृतिक विविधतालाई समेट्ने गरी संघीय संरचना हुनुपर्छ ।

सात प्रदेशको मोडल वैज्ञानिक छैन। त्यसको विकल्पका रुपमा यो राज्यपूर्नसंरचना आयोगमा सबै पार्टीका प्रतिनिधि थिए। त्यसले सिफारिस गरेका सुझावको आधारमा बन्नु पर्ने हो । यो अपुरो छ । नेपालले अपनाएको शासकीय प्रणाली खिचडी जस्तो छ अर्थात मिश्रित संसदीय प्रणाली हो ।

यसले देशमा दीगो विकास शान्ति पुरा गर्न सक्दैन । हालको प्रणाली खर्चिलो र भ्रष्टचानजन्य बनेको छ । निर्वाचन प्रणाली पनि धानी नसक्नु भएको छ । त्यसको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र संसद पूर्णरुपमा समानुपातिक भयो भने भ्रष्टचारको अन्त्य हुन्थ्यो ।

एउटा व्यक्तिले चुनाव जित्न करोडौ रुपैयाँ छुट्याउनु पर्थेन। राष्ट्रपतिलाई तीन करोड नेपालीले चुन्छन् र उ साझा नेता हुन्छ । अहिले त पार्टीको मात्र नेता भए । देशको नेता प्रधानमन्त्री हुन सकेका छैनन् । शासकीय स्वरुप बदल्नु पर्छ । त्यसले एकता सुदृढ हुन्छ र समानुपातिक समावेशीता हुन्छ।

नागरिकतामा भएको विभेद पनि हट्नु पर्छ। लैंगिक विभेद प्रत्यक्षरुपमा देखिने खालको छ । आमाको नाममा नागरिकाता सहजै पाईँदैन । झन्झटिलो बनेको छ त्यो प्रक्रिया। महिला र पुरुषका विदेशी दम्पतीलाई नागरिकता लिन संविधानले विभेद गरिनुहुन्न ।

बरु नागरिकता प्राप्तीको समय चार वर्ष या पाँच वर्ष राख्न सकिन्छ। छाराले पत्नी ल्याउने वित्तिकै नागकिरता पाउने अनि छोरीले ज्वाईँ ल्याएपछि नागरिकता नपाउने ? यसमा विभेद भएको छ।

संख्या भन्दा मुद्दा ठूला


मुख्य कुरा मुद्दा सही छ की छैन भन्ने विषय महत्वपूर्ण हो । सत्यता र न्यायमा मुद्दा आधारित छ भने जनताले त्यो बुझ्दै जान्छ। जनतालाई त्यसबारे सचेत गराउन हामीले विभिन्न प्रचारात्मक अभियान चलाउँछौँ। सदनबाट पनि यो विषय उठाउने छौँ । जनताले दवाव दिए भने पार्टी कत्रो या सांसद कति भन्नेले महत्व राख्दैन ।

नयाँ पुस्ताले नै अब नेतृत्व गर्नुपर्छ


राजनीतिमा म नयाँ पुस्तालाई स्वागत गर्छु । मेरै कुरा गर्ने हो भने ६५ वर्ष भइसके। ४० भन्दा तलकाले पनि राम्रो काम गरेका छन्। ३० वर्षमा राष्ट्रपति भएका छन् । तर हाम्रो मुद्धामा अर्थ छ र यी स्थापित हुनुपर्छ । राज्यको शासकीय व्यवस्था परिवर्तन गरी देशमा सुशासन कायम गर्नु पर्छ ।

र सुशान कायम गरी दीगो विकासतर्फ मुलुकलाई लग्ने हो । यो एजेण्डा बोक्ने शक्ति चाहिएको छ हामीलाई । मेरो नेतृत्वमा हुनुपर्छ । म त क्रियाशील छु तर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना छ मेरो ।

यदी जनताले स्वीकार गर्दैनन् भने म भन्दा पनि फरक पात्र रोज्न सक्छन् तर एजेण्डा बैज्ञानिक र लोकतान्त्रिक, प्रगतिशील हुनु पर्छ । व्यक्ति ठूलो कुरा होइन।

सरकार असफल ठहर भइसक्यो


केपी ओली नेतृत्वको सरकार निरन्तरताको सरकार मात्रै हो । फरक केही पनि हुन सकेन र छैन बहुदलीय, पञ्चायतकाल या अन्तरिम सरकार भन्दा । अस्थिरताका बेला सरकारले जे गरेको थियो अहिले पनि त्यही नै काम भएको छ । जवकी यो सरकारलाई बहुमतको साथ थियो।

गुणात्मक ढंगले काम गर्ला, छिटो काम गर्ला या राष्ट्रिय तथा अन्तराष्ट्रिय पूँजी परिचालन गर्ला भन्ने थियो त्यो भएन। वास्तवमा यो सरकार असफल ठहर भइसक्यो।

 

पूरा भिडियो हेर्नुहोस्:

 

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्