आमिर खानका भान्जा इमरान खान श्रीमतीसँग अलग, समस्या सुल्झाउने कोशिस गर्दै परिवार

एजेन्सी– बलिउड अभिनेता इमरान खान श्रीमती अवन्तिका मलिकसँग अलग भएका छन्।

रिपार्ट्सका अनुसार दुवैबिच मतभेद बढ्दै गएपछि उनीहरु अलग भएका हुन्। इमरान र अनन्तिकाले आठ वर्षपहिले विवाह गरेका थिए। उनीहरुकी एक जना छोरी छन्।

इमरान खान अभिनेता आमिर खानका भान्जा हुन्।

अवन्तिकाले इमरान खानको घर छोडेर छोरीसहित आमाबुवासँग बसिरहेको बताइएको छ। साथै इमरान र अवन्तिकाबिचको समस्या सुल्झाउन परिवारले कोसिस गरिरहेको छ।

इमरान र अवन्तिकाले २०११ मा विवाह गरेका थिए। उनीहरुले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। उनीहरुकी छोरी इमारा सन् २०१४ मा जनिमएकी थिइन्।

इमरानले २००८ मा फिल्म ‘जाने तु या जाने ना’ बाट बलिउडमा डेव्यू गरेका थिए। यसभन्दा पहिले उनी आमिरको फिल्म ‘कयामत से कयामत तक’ मा बाल कलाकारको रुपमा देखिएका थिए।

अहिले इमरानले अभिनयलाई छोडेर फिल्म मेकिङमा हात हालेका छन्। उनी एकता कपूरको वेव शो मम् (मार्स अर्विट मिसन) को निर्देशन गर्दैछन्।

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्