अजय देवगनको फिल्म ‘दे दे प्यार दे’ले कमायो ४ दिनमा ४४ करोड

एजेन्सी– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘दे दे प्यार दे’ ले चार दिनमा ४४ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।

अकीव अलीको निर्देशनमा बनेको फिल्म ‘दे दे प्यार दे’ मा अजय देवगन, तब्बु र रकुल प्रितको प्रमुख भूमिका रहेको छ।

बक्स अफिसमा पहिलो दिन शुक्रबार १०.४१ करोड व्यापार गरेको फिल्मले शनिबार १३.३९ करोड, आइतबार १४.७४ र सोमबार ६.१९ करोड गरी जम्मा ४४.७३ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्