मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट नेपाल भ्रमण गर्ने

काठमाडौं-मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमद यो हप्ता नेपाल भ्रमण गर्ने भएका छन्।

सो अवसरमा रेबेकाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक, ललितपुरस्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि)नयाँ स्थानको उद्घाटन गरेकी छन्।

ओसिपि ग्राहकहरुलाई अझै व्यवस्थितरुपमा सेवाहरु उपलब्ध हुने स्थान हो जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा विमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन्।

उनले बंगलादेश, चीन, हङ्गकङ्क, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाईफको व्यवसायमा तिब्र बृद्धि भएका स्थानहरुमा मेटलाईफको व्यवसाय हेर्दै आएकी छन्।

वितरण प्रणालीलाई विस्तार गरी (साझेदारी, एजेन्सी तथा डिजिटल मार्फत), डिजिटल तथा नविनतम पद्दतिलाई अंगाली तथा यस क्षेत्रमा प्रयोग तथा आदानप्रदान हुने क्षमताहरुमा सहयोग तथा सहलगानीलाई बढाई तिव्र गतिमा बृद्धिलाई अगाडी बढाएकी पनि छन्।

उनले भनिन् ‘नेपालमा नयाँ विमा सेवा तथा डिजिटिल अभियान भित्र्याई एक अग्रणी विमा कम्पनीको रुपमा मेटलाईफ नेपालले एकदमै राम्रो काम गरेको छ । नेपालमा रहेका हाम्रा समर्पित साथीहरुलाई भेट्न पाउँनु र निजहरुले गरिरहेको प्रगतीलाई देख्न पाउँनु खुशीको कुरा हो।’

सन् १८६८ मा स्थापित भएको मेटलाइफ ४० भन्दा बढि राष्ट्रहरुमा संचालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको कम्पनीले जनाएको छ।

नेपालमा मेटलाइफ २००१ देखि सञ्चालनमा आएको हो।नेपालमा यसले व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आएको छ।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू