राजनीतिक र सामाजिक विकृतिहरुलाई व्यंग्‍य गर्दै रामकुमारले ल्‍याए लोकदोहोरी गीत

राजनीतिक र सामाजिक विकृतिहरुलाई व्यंग्‍य गर्दै रामकुमारले ल्‍याए लोकदोहोरी गीत

काठमाडौं-नेपालको राजनीतिक र सामाजिक विकृतिहरुलाई व्यग्‍य गर्दै रामकुमार कार्कीले नयाँ लोकदोहोरी गीत लिएर आएका छन्।

उनले ‘जे गरे नि चल्‍यो’ बोलको गीतलाई म्‍युजिक भिडियो बनाएर यूट्युबमार्पत सार्वजनिक गरेका हुन।

रामकुमार पौडैलको शब्द रचना र उनकै संगीत रहेको गीतमा राम कुमार कार्की तथा पार्वती कार्कीले स्वर दिएका छन्।

उक्त गीतको म्‍यूजिक भिडियोलाई रविन शाहले निर्देशन गरेका हुन भने छायांकन सुशील डाँगीले गरेका हुन।

यस्तै म्‍यजूजिक भिडियोमा कलाकारहरु सुरवीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहोरा, खेम घर्ती र बिनोद कार्कीले अभिनय गरेका छन्।

यस्तै गीतको म्‍यूजिक भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका छन्।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्