पाँचथर हत्‍याकाण्ड: हत्‍या गरिएका नौ जनाको शव उठाइयो

काठमाडौं- पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राति भएको हत्याकान्डमा मारिएका सबै ९ जनाको शव उठाइएको छ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा हत्‍या गरिएका ९ जनाकै मुचुल्का बनाएपछि शव प्रहरीको रोहबरमा शव उठाइएको हो।

विज्ञापन

हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक,३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन्।

माखेम मंगलबार बिहान मिक्लाजुङमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए। माखेम, बमबहादुरका कान्छा ज्वाईँ हुन्। मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राती बमबहादुरको परिवारका ४ जना र उनका ज्वाईँ धनराज शेर्मासहित उनका परिवारका पाँच जनाको हत्या भएको थियो।

बमहादुरका कान्छा ज्वाई माखेम यस हत्याकान्डमा संलन्न भएको कोणमा प्रहरी अनुसन्धान केन्द्रित छ।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्