आइएमईले ल्यायो ‘जे पे गर्दा पनि आइएमई पे’ मोबाइल वालेट एप

काठमाडौँ-आइएमईले ‘जे पे गर्दा पनि आइएमई पे’ नामक मोबाइल वालेट एप सार्वजनिक गरेको छ।

सोमबार राजधानीमा कार्यक्रम गरी सार्वजनिक गरेको हो। गुगल प्ले र एप स्टोरबाट सजिलै डोउनलोड गरी प्रयोग गर्न सकिने छ। ‘जे पे गर्दा पनि आइएमई पे’ को काम पनि सुरु गरिसकेको छ।

विज्ञापन

लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिने कम्पनीले जनाएको छ।

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले ‘आइएमई पे’का प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनाका लागि भएको बताए।

उनले भने ‘आइएमई पे बाट गरिने भुक्तानीको संख्या उल्लेखनीय रूपमा बढेको छ र आउँदा दिनमा यो अझै बढ्दै जाने देखिएका कारण हामी आशावादी छौँ। प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै हामीले भुक्तानी गर्ने विभिन्न स्थानहरूको सङ्ख्यालाई पनि बढाउँदै लिएर जाने लक्ष्य लिएका छौँ जसबाट सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाख भन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिनेछ।’

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्