जुत्ता निर्माणमा कहलिएका कम्पनीको ट्रम्पलाई सुझाव–चीनसँगको व्यापार युद्ध अन्त्य गर्नुस्

फुटवेयर अर्थात जुत्ता निर्माणको क्षेत्रका विश्वमा कहलिएका कम्पनीलेहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् ।

जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै उनीहरुले राष्ट्रपति ट्रम्पलाई समाधानको बाटो खोज्न आग्रह गरेका हुन् ।

नाइकी र एडिडाससहितका १७० कम्पनीले हस्ताक्षर गरेको पत्रमा ट्रम्पले चिनियाँ सामानमाथिको आयात कर २५ प्रतिशतले बढाउने निर्णयको असर कामकाजी वर्गमा अति नै खबरा पर्ने उल्लेख गरिएको छ ।

उनीहरुले भनेका छन्, ‘यो समय व्यापार युद्ध बन्द गर्ने बेला हो ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानको आयातमा लाग्ने कर गएको हप्ता १० प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाएका थिए ।

व्यापार युद्ध अन्त्य गर्ने सम्बन्धी वार्तामा सहमति नजुटेपछि ट्रम्पले कर बढाएका हुन् । चीनले पनि अमेरिकी सामानमाथिको आयात कर बढाउने घोषणा गरेको छ र त्यो आउँदो जुन १ देखि लागु हुने बताइएको छ ।

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्