भोजपुरको जंगलमा विप्लवका कार्यकर्ता र प्रहरीबीच भिडन्त, एकजनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ताको मृत्यु भएको छ ।

भोजपुरको एक जंगलमा प्रहरीले चलाएको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो।

विज्ञापन

जंगलमा हतियारसहित विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीलाई हतियार देखाएर तर्साउन खोजेपछि प्रहरीले गोली चलाउनु परेको जनाएको छ ।

तिघ्रामा गोली लागेका घिमिरेको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

उक्त जंगलमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको बताइएको छ ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू