मिडिया काउन्सिल विधेयकबारे विप्लवले जारी गरे विज्ञप्ति

नेत्रबिक्रम चन्द 'विप्लव'

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गरेर यो विधेयक खारेजीको माग गरेका हुन् ।

विज्ञप्तिमा ओली सरकारले नेपाली मिडियालाई ठाडो हस्तक्षेप र नियन्त्रण गर्न खोजेको उल्लेख छ ।

‘जनताको रगत र पसिनाद्वारा प्राप्त अधिकारहरुओली सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको छ । यसको विरोधमा पत्रकार महासंघसहित विभिन्न दलले गरिरहेको विरोधमा हाम्रो पार्टीको साथ र समर्थन छ’, विज्ञप्तिमा भनिएको छ, सम्बन्धित सबै पक्षलाई आन्दोलनमा उत्रन निर्देशन गर्दछ ।’

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू