मेस्सीको कप्तानीका अर्जेन्टिनाको टिम घोषणा, को–को परे ?

अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा कोपा अमेरिका फुटबलका लागि टोली घोषणा गरेको छ। ब्राजिलमा आउँदो जुन १४ देखि जुलाई ७ सम्म हुँदैछ । प्रशिक्षक स्कोलानीले कोपा अमेरिकाका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरो पनि रहेका छन् । उनी सन् २०१८ को विश्वकपपछि पहिलो पटक राष्ट्रिय टोलीमा आएका हुन् । यसतै युभेन्टसका स्टार खेलाडी पाउलो डिबाला पनि टिममा छन् ।

तर स्ट्राइकर माउरो आइकार्डी भने टिममा अटाएका छैनन् । विश्वकपपछि ९ महिनासम्म राष्ट्रिय टोलीबाट बाहिर रहेका मेस्सी गएको मार्चमा राष्ट्रिय टिममा फर्किएका हुन् । भेनेजुएलासँगको खेलमा अर्जेन्टिना ३–१ ले पराजित भएको थियो ।

कोपा अमेरिकामा दक्षिण अमेरिकाका १२ देशको समभागिता रहने छ । यो पटक अर्जेन्टिनासँगै ब्राजिल, बोलिभिया, भेनेजुएला, पेरु, कोलम्बिया, पाराग्वे, कतार, उरुग्वे, इक्वेडर, चिले र जापानले प्रतिस्पर्धा गर्दै छन् ।

यसपटकको प्रतियोगितामा कतार र जापान आमन्त्रित टोली हुन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना यसअघिका दुई कोपा अमेरिकामा फाइनलमा चिलेसँग पराजित भएको थियो ।

टिममा को को परे ?

गोलरक्षकः फ्रान्को अर्मानी, अगस्टिन मार्केसिन र स्तेबान एन्ड्राड

डिफेन्डरः आन फोयथ, निकोलास ओटामेन्डी, जर्मन पेजेल्ला, निकोलास ताग्लिएफिको, रामिरो फुनेस मुरी, रेन्जो साराविए, मार्कस एकुना र मिल्टन कास्को

मिडफिल्डरः लिनड्रो पारिडेस, गुइडो रोड्रिग्वेज, जिओभानी लो केल्सो, एक्सक्युएल लालाकिओस, रोबर्तो परेयरा, राड्रिगो डी पउल र एन्जल डी मारिया

फरवार्डः लियोनल मेस्सी, सर्जियो अग्युरो, लौतारो मार्तिनेज, पाउलो डिबाला र मातिएस सुवारेज

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्