टिकटक सेलिब्रेटीको गोली हानी हत्या

मोबाइल भिडियो एप टिकटकमा सेलिब्रेटी बनेका एक युवकको गोली हानेर हत्या गरिएको छ ।

भारतको दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विज्ञापन

मोर जिम ट्रेनरको रुपमा कार्यरत थिए । मोहितलाई बन्दुकधारीले १३ पटक गोली हानेको प्रहरीले जनाएको छ।

मोहितको टिकटक अकाउन्टको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्