सरोगेसीमार्फत बुवा बन्‍दै सलमान खान

एजेन्सी-बलिउडका सुपरस्टार सलमान खान चाडैं नै सरोगेसी बुवा बन्‍ने योजना बनाउँदैछन्। ५३ वर्षीय सलमानले आफ्नो चलचित्र ‘भारत’को प्रवर्द्धन गर्दै आफूले सन्तान चाहे पनि आमा नचाहेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन।

मुम्बइ मिररसँगको अन्तर्वातामा उनले भनेका छन्, ‘मलाई बच्चा चाहिन्छ।तर बच्चासँगै आमा पनि आउँछ।म आमा मन पराउँदिन। तर बच्चालाई आमाको खाँचो भने पर्छ।मसँग सन्तानको हेरचाह गर्ने पुरै गाउँ नै छ।’

उनले बोलेका यी कुराहरु अहिले सामाजिक सञ्‍जालमा भाइरल भइरहेका छन्। यसअघि सलमान खानले एक अन्तर्वातामा भनेका थिए, ‘ऊ राम्रो छोरा हो र राम्रो पति बन्न सक्छ।’ यस्तै टाइम्स अफ इन्डियाले एउटा रिपोर्ट प्रस्तुत गर्दै सलमान खान सरोगेसी मार्फत बुवा बन्‍ने उल्लेख गरेको थियो।

उनलाई बालबालिकाप्रति कति इच्छा छ भने उनी कान्छी बहिनी अर्पिताको छोरा आहिलसँग रमाइरहेको भिडियोमा देखिएका थिए। तर सलमानलाई जहिल्‍यै पनि विवाहको बारेमा प्रश्‍न सोध्दा भने उनी गोलमटोल जवाफ दिने गरेका छन्। उनको त्‍यो दोधारे जवाफले उनी अहिले पनि विवाहको पक्षमा छैनन् भन्ने देखाउँछ।

सलमान खान फिल्‍म उद्योगमा ३० वर्षसम्‍म काम गरिसकेका छन्। यति लामो समयसम्‍म काम गर्ने सलमानको नाम धेरै नायिकाहरुसँग जोडियो तर कुनैसँग पनि विवाह भने हुन पाएन। ती मध्‍ये सोमी अली, संगीता बीजलानी, ऐश्‍वर्या राय बच्चन, कटरीना कैफ तथा यूलिया वन्तुर थिइन्।

बलिउडका धेरै यस्ता सेलिब्रेटीहरु छन् जसले सरोगेसीमार्फत आमाबुवा बनेका छन्। तीमध्‍ये शाहरुख खान, करण जौहर, एकता कपूर, तुषार कपूर तथा सनी लियोन।

सलमानको चलचित्र भारत आउँदो ५ जूनमा सार्वजनिक हुँदैछ।यो फिल्ममा सलमानसँगै कैट्रीना कैफ देखिदै छिन्।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्