सुनको मूल्‍य तोलामा सय रुपैयाँ घट्यो

काठमाडौं-सुनको मूल्य बुधबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ५९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ५९ हजार पाँच सय रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार तेजाबी सुनको मूल्य तोलामा ५९ हजार दुई सय रुपैयाँ थियो। चाँदी तोलामा सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्