सेवा आयोग तत्काल खारेज गर्नुपर्छ-सीपी गजुरेल

फाइल फोटो।

काठमाडौं-देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सीपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन।

बुधबार अखिल क्रान्तिकारीले सो सेवा आयोग खारेजको माग गर्दै जारी राखेको आयोगको कार्यालय मूलगेटको अनिश्चितकालीन धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन धर्नास्थल पुगेका थिए।

उनले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिनेलगायतका गलत काम गर्ने सो सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको दावी समेत गरे।

अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै गत सोमबारबाट सो आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो।

भर्ना कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का युवा, प्राध्यापकलगायतका संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन्।

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्