यूपीका मुस्लिम भन्छन्, ‘यदि मोदीले जीत्‍यो भने गाउँ नै छोड्नुपर्छ’

एजेन्सी-उत्तर प्रेदश नयाँबासका मुस्लिम समुदायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसपटक पनि यो क्षेत्रबाट जितेमा आफूहरुले गाउँ नै छाड्‍नु पर्ने चिन्ता व्‍यक्त गरेका छन्।

रोयटर्सको रिपोर्ट अनुसार यो गाउँका हिन्दु-मुस्लिमहरु आपसमा कुरा गर्दैनन्।बुलन्दशहरको यो गाउँमा बसोबास गर्ने मुस्लिम समुदाय हिन्दू बालबालिकाहरुसँग खेले पनि अहिले हिन्दू र मुस्लिम समुदायबीच ध्रुवीकरण बढेको छ। यसले उनीहरुको बीचमा ज्‍याँदै नै फाटो ल्‍याएको छ।

यता, समाचार एजेन्सीका अनुसार यदि मोदीले यसपटक पनि मोदीको सरकारले जितेमा हिन्दू-मुस्लिमबीचको दूरी झन बढ्‍नेछ। सानो किराना पसल खोलेर बसेका गुलफाम अली भन्छन्, ‘पहिला त मुस्लिम-हिन्दुहरु राम्रो र खराब दुवै समयमा एक-अर्कालाई साथ दिन्थे हुन्थे।तर अब मोदी र योगीले उक्त सम्बन्धलाई गडबड गरिदियो।’

उनले अब यो स्थान मुस्लिम समुदायको लागि निक्कै खतरा रहेको बताउँदै भने, ‘हामी अब यो ठाउँलाई छोड्नु पर्ने स्थिति आइसक्‍यो।तर हामी छाडेर कहाँ जाने।हामी एक दर्जन मुस्लिम परिवारहरु विगत २ वर्षमा यो गाउँ छाडिसकेका छन् जसमा उसको काका समेत सहभागी छन्।’

तर, यता बीजेपीले हिन्दू-मुस्लिमलाई छुट्ट्याउने आफूहरुको नीति नरहेको दाबी गरेको छ।उसले गत वर्ष बुलंदशहर क्षेत्रमा केही मुस्लिम समुदायले गाइ काटेर खाँदै गरेको देखेपछि उनीहरुले ५ सय बस्ती रहेको मुस्लिम समुदायमाथि जाइलागेको जनाएको छ। पाँच मिहना अघि भएको उक्त घटनाले अहिलेसम्‍म शान्त भएको छैन।

यसअघि सन् १९७७मा मस्जिद बनाउने कोशिस गर्दा बुलंदशहर हिन्दू-मुस्लिमबीच दंगा भएको थियो, जसमा दुई जनाको ज्‍यान गएको थियो भने गाउँ ४० वर्षसम्‍म विस्थापित हुनु परेको थियो।

यस्तै सन् २०१७मा रमजानको महिनामा हिन्दू कार्यकर्ताहरुले मुस्लिमसँग मदरसामा लाउड स्पिकर प्रयोग नगर्न माग गरेका थिए। उनीहरुले बाध्‍य भएर हिन्दूको उक्त वचनलाई मान्‍नु परेको २१ वर्षीया कानुनकी विद्यार्थी समेत रहेकी आयशाले बताइन्।

उनले भनेका छिन्, ‘ यहाँ हामी कुनै प्रकारको आफ्नो धर्मलाई अभिव्यक्त गर्न सक्दैनौ।तर हिन्दुवादीहरुले जे पनि गर्न स्वतन्त्र रहन्छन्।’ यता, ४२ वर्षीय आश अहमद भन्छन्, ‘म यो सब कुराबाट डराउँदिन। तर मोदी सरकारको दोस्रो पटकको आगमनले कैयौ मानिसहरुलाई गाउँमा बस्‍न भने मुस्किल हुन्छ।’

योगी सरकार आउने बित्तिक्कै मुस्लिममाथि कट्टर हिन्दुवादीहरुले अधिकार जमाउन थालेको स्थानीय मुस्लिम समुदायको गुनासो छ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्