जनकपुरमा हिमालयन बैँकको शाखा सञ्चालन

जनकपुरधाम- हिमालयन बैँकले जनकपुरधाममा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। बैँकले ५८ औँ शाखाको रुपमा वुधवार प्रदेश नं. २ को राजधानी जनकपुरधाममा आफ्नो शाखालाई विस्तार गर्दै सञ्चालनमा ल्याएको छ।

वुधवार हिमालयन बैँकको जनकपुरधाम स्थित शाखाको उद्घाटन गर्दै प्रदेश नं. २ को मुख्यमन्त्रि लालबाबु राउतले बैँकहरु शहर केन्द्रित मात्र रहने गरेकोले यसलाई दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्न आग्रह गरे।

यस्तै, मुख्यमन्त्री राउतले विदेशबाट आएको रुपैया अनुपयुक्त क्षेत्रमा मात्र खर्च भईरहेको उनको भनाई छ। उनले भने, विदेशबाट पठाएको रुपैया जग्गा किन्न, घर बनाउन, विहे गर्न, गाडी किन्न लगायतका क्षेत्रमा लगानी बढि भईरहेको छ। उनीहरुलाई उत्पादनमुलक क्षेत्रमा, स्वरोजगारीको क्षेत्रमा लगानी गर्न सकिने वातावरणको तयार गर्न बैँकहरुलाई सहयोगीको भुमिका निर्वाह गर्न आग्रह गरे।

प्रदेश नं. २ को धेरै युवाहरु वैदेशीक रोजगारीमा रहेकोले उनिहरुले पठाएको रुपैयालाई उपयुक्त क्षेत्रमा लगानी गर्न त्यस प्रकारको वातावरण निर्माण गर्न बैँकहरुलाई आग्रह गर्दै उनले भने, “जनकपुर क्षेत्रमा मात्र विदेशबाट प्रत्येक दिन करिब ६८ करोड रुपैया आईरहेको भएतापनि तिनीहरुले पठाएको रुपैया तिनीहरुको खातामा समेत जम्मा भईरहेको छैन ।”

वैदेशीक रोजगारीमा रहेको युवाहरुले पठाएको रुपैयालाई खातामा राखेर बँचत गर्ने प्रकारको स्किम ल्याउन बैँकहरुसँग मुख्यमन्त्री राउतले आग्रह गरे ।

देशभरी यस शाखाभन्दा पहिले ५७ वटा शाखाबाट सेवा दिँदै आएको हिमालयन बैँकले तेस्रो त्रयमासको अन्त्यसम्मा रु १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु ९८ अर्ब ५३ करोड २० लाख लगारी गरेको र चालु वर्षको ९ महिनामा रु २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको बैँकको सञ्चालन समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बताए

बैँकले हाल ५८ वटा शाखा कार्यालय, ११५ वटा एटिएम र १३ हजार ५ सय भन्दा बढी विप्रेषण काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू