एनआइसी एसिया र नोबेल हस्पिटलबीच सम्झौता

काठमाडौँ-एनआइसी एसिया बैंक लिमिटेड र नोबेल हस्पिटलबीच सम्झौता भएको छ।

बैकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफ्न्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्‍न सेवा सुविधाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो।

बैंकको तर्फबाट बैंक प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालका तर्फबाट अस्पतालका निदर्शेक सन्तोषमणि न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

ग्राहकहरुले गरेको विश्वास र बैंकप्रतिको भरोसाले गर्दा नै मुलुकभर २ सय ८३ शाखा रहेका छन् भने २ सय ८९ एटिएम, ४१ व्टा एक्सटेन्सन काउण्टर एंव २६ वटा शाखाहरु रहेका छन्।

करिब १६ लाख ग्राहकहरुका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तिय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू