लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच बैंक्यासुरेन्स सम्झौता

काठमाडौं-लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेडबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ।

सो सम्झौता पत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत बि.के श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल बिजनेस प्रमुख निरज शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

विज्ञापन

यस सम्झौतापछि बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंक लिमिटेडका शाखाहरु मार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सो कार्यक्रममा बैंकका बैक्यासुरेन्स विभागका प्रमुख प्रविण खनाल र इन्स्योरेन्सका ठमेल शाखा प्रमुख सुबोध ढ्ंगेलको उपस्थति रहेको थियो।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्