कामना सेवा विकास बैंकका ग्राहकले यूनिभर्सल इन्स्टिच्यूटमा उपचार गराए छुट

काठमाडौँ-कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालिबिच उपचारमा छुट पाउने सम्झौता भएको छ।

बैंकका प्रिपेड र डेबिट कार्डका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा.लीमा उपचार गराउँदा छुट पाउने सम्झौता भएको हो।

कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र युनिभर्सल इन्स्च्यिूट अफ एढभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा.लिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पि.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौता अनुसार बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहहरु लावाविन्त हुने बैंकले जनाएको हो।

ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

बैंकले एबीबीएस, इनटरनेट ब्याङकिङ्, मोबाइल ब्याङ्कि र सी–एएसबीएका माध्यमबाट पनि सेवाहरु दिदै आएको छ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू