सर्वोच्चको आदेशपछि न्यायाधीश ढकालविरुद्धको मुद्दा दर्ता

फाइल तस्बिर

काठमाडौँ – सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ ।

काभ्रेको जिल्ला न्यायाधीश हुँदा सेवाग्राहीबाट १८ लाख रुपैयाँ घुस लिएको भन्दै न्याय परिषदमा २०७३ कात्तिक २९ गते परेको उजुरीलाई परिषदले तामेलीमा राख्दै ढकाललाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेपछि त्यसका विरुद्ध पर्न आएको रिट निवेदन सर्वोच्चले दरपिठ गरेको थियो ।

काभ्रेपलाञ्चोकका उमेश बानियाँले परिषद्को निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्चका रजिष्टार नारायणप्रसाद पन्थीले कानुन संवत नै भएको भन्दै जेठ २ गते दरपिठ गरेका थिए ।

रजिष्टारको निर्णयविरुद्ध बानियाँले दिएको अर्को निवेदनमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपिठको निर्णय खारेज गर्दै परिषद्विरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्