हावाहुरीका कारण पर्सामा एकजनाको मृत्यु, विद्युत सेवा अवरुद्ध

वीरगञ्ज – पर्सा बारा लगायत तराईमा बुधबार बेलुका आएको हावाहुरीले पर्सामा एक किशोरीको ज्यान गएको छ । हावाहुरीका कारण बारा–पर्सामा रुखहरु ढलेका छन् भने कतिपय ठाउँमा बिजुलीको तार चुँडिएको तथा पोलहरु ढलेका कारण विद्युत लाइन पनि बुधबार बेलुकादेखि नै केही ठाउँमा अवरुद्ध भएको छ ।

हावाहुरीका करण पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ धोरे टोल निवासी दिनेश सहनीकी १५ वर्षीय छोरी श्रुतिकुमारी सहनीको ज्यान गएको प्रहरीले जनाएको छ । गाउँ नजिकैको बजारमा तरकारी किन्न गएकी श्रुति तरकारी लिर घर फर्किने क्रममा बुधबार बेलुका आएको हावाहुरीले रुखको हाँगा उनको शरिरमाथि खसेको थियो ।

हाँगाले च्यापिएर घाइते भएकी श्रुतिको उपचारको लागि बिरगञ्जको हेल्थ केयरमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा श्रुतिको ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै हावाहुरीका कारण बिजुलीको पोलहरु ढलेका कारण ठाउँ ठाउँमा बुधबार साँझदेखि नै वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाहरुमा विद्युत अवरुद्ध भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ परवानीपुरमा रहेको पिपलको रुख बिजुलीको तारमै खसेका कारण उक्त क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

त्यस्तै सोही ठाउँमा बिजुलीकोपोल पनि हावाहुरीले ढालेको छ । बिजुलीको पोल र तारमा हावाहुरीलेक्षति पु¥याएपछि बुधबार साँझदेखि महानगरकोवडा नम्बर २८ बगही, २९ बस्डिल्वा, ३० लालपर्सा, ३१ बेल्वा र वडा नम्बर ३२ चोर्नी टोलमा विद्युत सेवा अवरुद्ध भएको छ ।

जेष्ठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्