केरलमा राहुल गान्धी लाख भोटले अगाडि छँदा उत्तर प्रदेशमा पछाडि

ऐजेन्सी– भारतको लोकसभा निर्वाचनको मतगणना जारी छ। मतगणनाको प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले भारी बहुत ल्याउने देखिएको छ।

भाजपा एक्लैले बहुमत ल्याउनसक्ने तर्फ मतगणनाले संकेत गरेको छ।

अधिकांश राज्यमा भाजपाले अग्रता लिएपछि केरल राज्यमा भने भाजपाको नाजुक स्थिति देखिएको छ। केरलमा कुल २० सिट मध्ये १८ सिटमा कांग्रेस गठबन्धनले अग्रता लिएको छ भने भाजपाले केवल एक स्थानमा मात्रै अग्रता कायम गरेको छ।

सन् २०१४ को लोकसभा निर्वाचनमा कांग्रेस १० र भाजपाले एक सिटमा जित हात पारेको थियो।

अमेठीमा भाजपाकी स्मृति इरानी र राहुल गान्धीबिच कडा प्रतिस्पर्धा भइरहेको भएपनि राहुल गान्धीले केरलको वायनाडमा भने अग्रता लिइरहेका छन्।

वायनाडमा हालसम्म गणना भएको मतको ६४ प्रतिशत मत प्राप्त गर्दै राहुल गान्धीले एकलाख भन्दा बढी भोटले अग्रता लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्