मोदीको चातुर्य र शाहको बहुआयामिक नेतृत्वले सफलता : राजनाथ सिंह

लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत जित तर्फ निश्चित प्रायः भएपछि भाजपाका नेता तथा कार्यकर्तामा उत्सवको अवस्था छ । सत्तामा रहेको भाजपा पुनः उस्तै शक्तिका साथ सत्तामा कायम रहने देखिको छ ।

पार्टीले चुनावमा राम्रो गर्नुको श्रेय अधिकांश रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जाने वरिष्ठ नेताहरुले बताएका छन् । भाजपाका वरिष्ठ नेता तथा गृह मन्त्री राजनाथ सिंहले मोदीको चतुर नेतृत्व र अध्यक्ष अमित शाहको बहुआयामिक नेतृत्वका कारण लोकसभा चुनावमा जित सम्भाव भएको बताएका छन् ।

शृङ्खलाबद्ध ट्वीट गरेर उनले जनताले भाजपा नेतृत्वको एनडिएलाई समर्थन दिएको उल्लेख गरेका छन् । यसको अर्थ मोदीको भिजन र नयाँ भारतको भिजनमा जनताले विश्वास गरेको उनले बताएका छन् ।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्