रजनीकान्तले मोदीलाई भने, ‘यु मेड इट!’

तमिल फिल्मका सुपरस्टार रजनीकान्तले भारतीय सत्ताको दोस्रो कार्यकालका लागि जनताको अनुमोदन पाएका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
भारतभरिका ५४२ स्थानमध्ये ३४३ स्थानमा अग्रता लिएको बिजेपी नेतृत्वको गठबन्धनका प्रमुख नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने तय भइसकेको छ।
राहुल गान्धी नेतृत्वको कांग्रेसले जम्माजम्मी ८९ स्थानमा अग्रता लिएको छ।
६९ वर्षीय रजनीकान्तले एक ट्विट गर्दै लेखेका छन्, ‘आदरणीय प्रिय नरेन्द्र मोदीजी, हार्दिक धन्यवाद। तपाईँले सफलता हासिल गर्नुभयो। भगवानले आशिर्वाद दिऊन्।’
जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्