‘कप्स’ को फस्ट लुक्समा एक्सन कथा

काठमाडौँ– चलचित्र कप्सको फस्ट लुक्स सार्वजनिक भएको छ। आउँदो जेठको १७  गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ को अफिसियल लुक्स बिहिबार सार्वजनिक भएको हो।

पोष्टरमा चलचित्रका मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् । जसमा अनुप डिएसपीको रुपमा र संदीपा घाइते युवतीको रुपमा देखिएका छन् ।

अर्को थर्टी बाई फोर्टीको पोष्टरमा अनुप, सन्दिपा, अमित, रामराज क्षत्री र सम्राट शाक्य छन् । यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

एक्शन तथा लभस्टोरी कथा मिश्रित चलचित्र कप्समा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । यस चलचित्रमा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा उनको अभिनय फरक देखिएको छ। चलचित्र अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी विरुद्धको कथामा केन्द्रित छ ।

अनुपसँगै यो चलचित्रमा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । कप्समा सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ ।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्