मेयर भन्छन्, 'भ्रष्टाचारी कर्मचारीहरुलाई छोड्दिन, तेल चोर्ने कर्मचारीको आन्दोलनको तुक छैन'

इटहरी उप-महानगरपालिकाका मेयरलाई कारबाहीको माग गर्दै कर्मचारी आन्दोलनमा

इटहरी उप-महानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कानूनी कार्वाही गरिनुपर्ने माग गर्दै आन्दोलित कर्मचारीहरु। तस्बिर-देश सञ्‍चार

इटहरी-सुनसरीको इटहरी उप-महानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कानूनी कार्वाही गरिनुपर्ने मागसहित कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

उपमहानगरपालिकाका कर्मचारीहरुले मेयर चौधरीबिरुद्ध गालीगलौज, तथा कुटपिट गरेको आरोप लगाएका छन्।

केही दिनअघि उपमहानगरपालिका वडा नम्बर-१९ का वडा सचिव मनोज दाहाललाई कुटपिट गरेको कर्मचारीहरुको भनाइ रहेको छ।

कर्मचारी कुटपिटको विरोधमा उत्रिएका आन्दोलनकारीहरुले उपमहानगरपालिकाका सबै वडा कार्यालयहरु समेतको कामकाज ठप्प पारेकाछन्।

घटनाबारे मेयर द्वारिका चौधरीले भ्रष्टचारीको कठालो समात्दा अत्तालिनु नपर्ने बताए। उनले भने, “यस्ता भ्रष्टचारीविरुद्ध म खनिएकै हो।१५ वर्षदेखि लुटेर खाएकाहरुको आन्दोनल समर्थन गर्न सकिन्छ? यहाँ ट्याङकरबाट तेल चोर्न पाउनु पर्छ भन्नेलाई त्यसै छाडिदिनुपर्ने हो?”

इटहरी उप-महानगरपालिकाका मेयर द्वारिकालाल चौधरी

त्यसैगरी वडाको आन्दोनल र कामकाज ठप्प भएको सन्दर्भमा उनले भने, “राजा ज्ञानेन्द्रलाई फाल्दा समेत आन्दोलन गरेका थियौ। तर, यसप्रकारको भ्रष्टचारीलाई साथ दिदै गरिएको आन्दोलन सह्य छैन। यसको कुनै तुक छैन।”

सोही क्रममा आन्दोलनमा उत्रिएका कर्मचारीहरुले मेयर चौधरीविरुद्ध कार्वाहीको मागसहित ज्ञापन पत्र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद विमलीलाई बुझाएका थिए।

त्यसैगरि कर्मचारीहरुले भने विधि र प्रक्रिया मिचेर मेयरले कर्मचारीमाथि गरेको व्‍यवहारले चिन्तित बनाएको बताए। उनीहरुले कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्। उनीहरुले मेयर चौधरीको रवैयाका कारण कर्मचारीहरु त्रासको वातावरणमा रहेका गुनासो गरेका छन्।

इटहरी उपमहानगरपालिका कर्मचारी परिवारका नाममा बुझाइएको ज्ञापन पत्रमा कर्मचारीहरुले आफूहरु असुरक्षित महसुस गरेको उल्लेख गरेका छन्।

आन्दोलन हाम्रो रहर हैन बाध्यता हो भन्ने शव्दावली प्रयोग गरिएको ज्ञापन पत्रको बोर्धार्थ १ नम्वर प्रदेशका मुख्यमन्त्रीको कार्यालय,जिल्ला प्रशासन कार्यालय सुनसरी , पेशागत महासंघ प्रदेश एक लगायतलाई दिएको छ।

यस अघि नै भ्रष्टचार गरेको आरोपमा दाहाल र करारका कर्मचारी राम खड्कालाई राजीनामा गर्न मेयरले दबाव दिएका थिए। तर कर्मचारीहरुले राजीनामा नदिएपछि घटनाले अर्को मोड लिएको हो।

जेष्ठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू